२३ जुलाईः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा स्काईलार्क युथ क्लब (एसकेवाईसी)-ले अप्पर मामरिंगलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सुशान्त प्रधान र अंकित ताामङले २-२ गोल गरे। अप्पर मामरिंगबाट उदय राईले गोल गरे। यसरी दोस्रो म्याचमा थापाधुरा युथ क्लब (टीडीवाईसी)-ले जीटी बोइज जूनियरलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सेमुएल लामाले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।








