चितुवाको दुई शावक उद्धार

17-15-18-da7d942c-181b-4ea6-b4c3-87697b514c34.jpg

जलपाईगढ़ी। जलपाईगढ़ीको मेटेली प्रखण्डको चपरामारी जंगलसित लागेको चालसा चियाकमानको ७ए सेक्शनको नालीमा चितुवाको दुई शावक भेटिएपछि कमानमा हड़कम्प मचिएको छ। घटनाको जानकारी कमान प्रबन्धकले खुनिया दस्तालाई दियो। खबर पाउनसाथ दस्ताका वनकर्मी घटनास्थलमा पुगे औं श्रमिकहरूलाई कमानमा काम बन्द गर्ने निर्देश दिए।

चालसा चिया कमानका अधिकारी दीपेन्द्र प्रधानले भने, ‘आज जब श्रमिक कमानमा काम गर्न पुगे तब सेवन ए सेक्शनमा चितुवाका दुई शावक रोएको आवाज सुने। जब अगाड़ी गएर हेरे तब नालीमा दुई सावक एक-अर्कासित टाँसिएर बसेका थिए। यसपछि श्रमिकहरूले काम बन्द गरी यसको खबर दिए। जसको जानकारी हामीले वन विभागको खुनिया दस्तालाई दियौं। खबर पाउनसाथ वन विभागको टीम घटनास्थलमा पुग्यो औं स्थितिको जायजा लियो। यसपछि वन कर्मीहरूले कमानको उक्त सेक्शनमा काम बन्द राख्ने निर्देश दिए’।

वन विभागले अनुमान लगाएको छ, चितुवा आफ्नो शावकको वरिपरि नै छ। चितुवा कुनैपनि समय आएर शावकलाई आफूसित लैजानसक्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *