नेपालमा प्रचण्ड नेतृत्वको सरकार ढाल्ने प्रयास लगातार विफल

n5210214981690051386187be8b3b3b3872bbe475c84c8c91b0f07a8bfb8b33d4ae3d0e42357460776a63e8.jpg

काठमांडू। नेपालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने प्रयासहरु भएपनि सफल हुन सकेको छैन। सत्ता गठबन्धन फुटाएर सरकार परिवर्तनको प्रयास चलिरहेपनि सफल हुन नसकेको हो।

विपक्षी नेकपा एमालेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरी प्रचण्ड सरकार ढाल्ने प्रयास गरेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा भएको थियो । तर, देउवा त्यसका लागि तयार भएनन्।

शनिवार काठमांडूमा बोल्दै पूर्वप्रधानमन्त्री एवं सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन्। उनले ओलीतर्फ संकेत गर्दै सरकार ढाल्न खोजेको आरोप लगाए।

प्रचण्ड सरकारले भ्रष्टाचार र ठूला आर्थिक अपराधका फाइल खोल्न थालेपछि विपक्षी एमाले रक्षात्मक बनेको छ। उसका नेताहरु धमाधम कारबाहीमा परिरहेका छन्। नेपाली काँग्रेसभित्रको एउटा समूह पनि सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छ।

प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले जून महिनामा राजीनामा मागेको थियो। एमालेले काँग्रेसलाई सरकारको नेतृत्वका लागि प्रस्ताव पनि गरेको थियो । तर, काँग्रेस प्रचण्डकै पक्षमा उभियो। त्यसले सरकार ढाल्ने प्रयास विफल भयो।

२०२२ को नोभेम्बरको चुनावमा तेस्रो ठूलो दल बनेको थियो नेकपा माओवादी केन्द्र। उसका नेता प्रचण्ड डिसेम्बरमा प्रधानमन्त्री बनेका थिए। उनी सात महिना प्रधानमन्त्री बनिसकेका छन्। त्यसबीच सरकार ढाल्ने प्रयासहरु निरन्तर चलिरहेका छन्। तर, रणनीतिक चार्तुयताले प्रचण्ड सरकार बचाउन सफल भइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement