रिञ्चेनपोङमा सिटेजन एक्सन पार्टीको जिल्लास्तरीय सभा

IMG-20230722-WA0443.jpg

गान्तोक: पश्चिम सिक्किमको रिञ्चेनपोङ निर्वाचन क्षेत्र अन्तर्गत मंगलबारे बजारमा सिटिजन एक्सन पार्टी सिक्किमको सोरेङ जिल्लास्तरीय सभा सम्पन्न भयो। सभामा पार्टीका अध्यक्ष एलपी काफ्ले, मुख्य समन्वयक गणेश राई, कार्यकारी अध्यक्ष डीबी चौहान लगायत पार्टीका सबै पदाधिकारी अनि रिञ्चेनपोङ निर्वाचन क्षेत्रका आमनागरिकको उपस्थित रहेको थियो। सभालाई सम्वोधन गर्दै पार्टीका कार्यकारी अध्यक्ष चौहानले सिक्किममा भइरहेको कृषि तथा वागवाणी विकासमा अनियमितता भएको साथै पशुधनलाई वर्तमान सरकारले संरक्षण गर्न नसकेको किटान गरे। उनले अन्य विभिन्न विषयमा सिक्किमे नागरिकलाई आवागत गराए।

यस्तै प्रकारले सभालाई सम्वोधन गर्दै पार्टीका मुख्य समन्यक गणेश राईले सरकारको कृषि क्षेत्रको कार्यक्रमलाई लिएर नागरिकको हितमा सही काम नभएर कृषि विकासको नाममा भ्रष्टाचार मात्रै भएको दावी गरेका छन्। सिटिजन एक्सन पार्टी-सिक्किम सरकारमा आएको खण्डमा हामी सिक्किमलाई कृषि आत्म निर्भर राज्य बनाएर लैजाने बताए। आफ्नो सम्वोधनको क्रममा सिक्किमलाई सञ्चालन गर्न अब सही नेतृत्त्वको खाँचो भएको कारणले सिटिजन एक्सन पार्टीले २०२४ मा सरकार बनाउनै पर्ने सिक्किमे नागरिकहरूलाई आह्वान गरेका छन् तथा सिक्किमका सम्पूर्ण अस्थायी कर्मचारीहरूलाई सरकार भएको खण्डमा दुइ वर्ष भित्रमा स्थायी नोकरी दिने घोषणा गरेका छन्। साथै विभिन्न विषयलाई प्रकाश पार्दै उपस्थित भेलालाई उपस्थिति दिएकोमा धन्यवाद पनि दिए।

यस्तै प्रकारले सिटिजन एक्सन पार्टी-सिक्कमका पार्टी अध्यक्ष श्री एल.पी. काफ्लेले पनि सभालाई सम्वोधन गर्दै सिटिजन एक्सन पार्टी-सिक्किमले अघिल्लो समयहरूमा पार्टीका घोषणाहरूलाई पुन दोहोऱ्याउनु भयो। साथै आफू पार्टी अध्यक्ष उध्वोधनमा पार्टीलाई मजबूत बनाएर सुधारको राजनीति गर्दै सिक्किम राज्यलाई नयाँ युगको राजनीतिमा लैजान राज्यको हरेक नागरिकलाई अपिल गरे।

आजको सभामा विभिन्न क्षेत्रबाट ५० भन्दा अधिक युवाहरूले सिटिजन एक्सन पार्टी सिक्किममा आधिकारिक रूपमा सामेल भएको छ।

सभालाई स्वागत सम्वोधन बीपी गुरूङले राखेका थिए। सभामा विभिन्न ओहोदामा रहेका नेता नेत्रिगण- सीबी राई, दिवस गुरूङ, सावित्रि थापा, कर्मा कार्थोक, गिता कार्की, नर्छो लेप्चा, डी.के. राई, कर्मा भोटिया, सुश्री कर्म दिछेन भोटिया आदिले आफ्नो वक्तव्य राखे। आजको कार्यक्रममा सिटिजन एक्सन पार्टीले स्वर्गीय पदम गुरूङको सङ्कास्पद मृत्युमा सिक्किमका युवक श्री सोनाम लेप्चा साथै अन्य युवाहरूलाई वहाँको न्यायको निम्ति देन्तामदेखि नाम्चीसम्मको पैदल यात्रालाई मूल्याङ्कन गर्दै सम्मान जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement