अण्डर-१७ फूटबलः हिल्स एफए र युनाइटेड सिक्किम एफए क्वार्टर फाइनलमा

photocollage_202372222289115.jpg

२२ जुलाईः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा हिल्स फूटबल एकाडमी, खरसाङले रोहिनी फूटबल क्लबलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यसरी दोस्रो म्याचमा युनाइटेड सिक्किम फूटबल एकाडमीले डाली फूटबल क्लबलाई ५-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement