२२ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा बागडोग्रा फूटबल क्लबले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा बागडोग्रा एफसी-ले मिक्स अप् मिरिकलाई ८-१-ले पिट्यो। विजेता टीमबाट जुन्नाले ह्याट्रिक गरे। उनले १२औं, ३९औं र ४२औं मिनटमा गोल गरे। यसबाहेक मञ्जिल (१०औं र २३औं मिनट) र निकोलस (१५औं र ४५औं मिनट)-ले २-२ गोल गरे। यसरी बिट्टुले ५५औं मिनटमा १ गोल गरे। मिक्स अप् मिरिकबाट बिबेकले २७औं मिनटमा १ गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।