सिलगढी: आज मेगा रक्तदान शिविरको आयोजना सिलगढी टाइम्सको आयोजनामा गरियो। सिलगढीको वर्द्धमान रोडस्थित हेरिटेज हस्पिटल नजिक द्वारिका टावरमा आज बिहान ९ बजीदेखि मेघा रक्तदान शिविरको आयोजना गरियो। यस रक्तदान शिविरमा शहरका विभिन्न संस्था तथा व्यवसायी संगठनले सहभागिता जनाएको थियो। यस रक्त दान शिविरमा कलेजका विद्यार्थीहरू, सडकमा आवतजावत गर्ने मानिसहरू लगायत अन्य धेरैजनाले स्वेच्छाले रक्तदान गरेका थिए। यस शिविरमा मोठ २२७ युनिट रगत संग्रह गरियो।