दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा तीनदिवासीय बज्र गुरु जप गरिने

IMG-20230528-WA0320-5-300x172-6

मङपू: लाब्दा विभागको दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा आगामी २६ ,२७ अनि २८ जुलाई २०२३को दिन तीन दिवासीय बज्र गुरु जप धार्मिक अनुष्ठान गरिने भएको छ।
सो तीन दिवासीय धार्मिक अनुष्ठान बौद्ध धर्मगुरु आचर्य साङगे छोपेलको सानिध्यमा एवं गुम्बाका दोर्जे लोबेन उदय पाख्रीन अनि लोबेन पासाङ थोकरको अगुवाईमा सुसप्पन्न हुने भएको छ।
बज्र गुरु जप प्रतिदिन बिहान ८.३० बजे देखि बेलुकी ४ बजे सम्म हुनेछ भने ४ बजे देखि ५ बजे सम्म धर्मगुरूहरुबाट प्रवचन हुनेछ।
उक्त तीन दिवसीय धार्मिक अनुष्ठान गुरु रिम्पोछेको जन्म जयन्तीको अवसरमा लाब्दा दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बा अनि अखिल भारतीय बौद्ध म्हाणिपा संघको सयुक्त आयोजनामा सप्पन्न भएको हो।
पुजाको अन्तिम दिन धर्मगुरुहरुबाट अभिषेक वितरण गरिने भएकोले गुम्बा सचिव दिपेन योन्जन, अनि सयोजक किरण पाख्रीनले सम्पूर्ण भक्तजनहरुलाई हार्दिक स्वागत जनाएका छन्।

About Author

Advertisement