एसकेएम पार्टीको पश्चिम जिल्ला शाखाको समन्वय सभा सम्पन्न

dbg_751

गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा पार्टी, पश्चिम जिला शाखाको एक समन्वय सभा आज सिक्किम राज्य ब्याङ्कका अध्यक्ष एवं पार्टीका उपाध्यक्ष डीबी गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभामा भर्खरै पार्टीले विभिन्न पदमा नियुक्त गरेका अध्यक्ष र समष्टि अध्यक्षहरुलाई सम्मन जनाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ। सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीका सल्लाहकार एमपी फुरम्बोले सिक्किम क्रान्तिकारी मोर्चा पार्टी भनेको समावेशी राजनीति गर्ने पार्टी रहेकाले कार्यकर्ताहरूले कसैमाथि दोषारोपण नगरी जनाताको निम्ति काम गर्न सुझाउ दिए। उनले पार्टीका कार्यकर्ताहरू सबै नेता हुन् र जनताको काम सबैको जिम्मेवारी रहने बताए। उनले पार्टीमा अनुशासन सबैभन्दा महत्वपूर्ण रहने बताए।

सभामा स्रोत वक्ताको रुपमा उपस्थित पार्टी मुख्य कार्यालयका महासचिव पवन गुरुङले आफ्नो सम्बोधनमा पार्टी कार्यकर्ताहरूले राजनीति के हो र कसरी राजनीति गर्दा जनताको भलो हुन्छ भन्ने बुझ्न जरुरी रहेको बताए। उनले सकेएम पार्टीको सरकारमा कुनै जनताले दुःख नपाउन् भन्ने आशय व्यक्त गरे। पार्टी अध्यक्षको निर्णय र निर्देशलाई शिरोपर गरेर पार्टी कार्यकर्ताहरूले जनताको हितमा काम गर्नुपर्ने उनको सुझाउ राखे।

सिक्किम राज्य ब्याङ्कका अध्यक्ष एवं पार्टी उपाध्यक्ष प्रभारी डीबी गुरुङले आफ्नो सम्बोधन राख्दै पार्टी सशक्त छ भने कार्यकर्ताहरू पनि सशक्त बन्ने बताए। उनले भने, गाउँका जनताले तपाईं हामीलाई एक लिडर बनाएर पार्टीको काम गर्ने अवसर दिएका छन्। तर हामीले त्यो जिम्मेवार बुझेका छैनौं जस्तो लाग्छ। उनले एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङको मिशनलाई आत्मसात गरेर राज्यको बिकासका लागि काम गर्ने जिम्मेवारी पार्टी कार्यकर्ताको हो भनी बताए। २५ वर्षको तानाशाही सरकारलाई सत्ताचुत गरेर शान्ति सिक्किमको निर्माण गर्न एसकेएम पार्टी गठन भएको हो भन्दै पाँच वर्षको कार्यकालमा एसकेएम सरकारले सामाजिक, नैतिक, शिक्षा, स्वास्थ्य, स्वच्छता आदि जस्ता क्षेत्रमा काम गरेको छ भनी बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement