फिटनेस आइकन सञ्जय बुढाथोकीसँग मुख्यमन्त्रीको भेट

psts_785

गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज अन्तरराष्ट्रिय एथलिट एवं सिक्किमका फिट्नेस आइकन सञ्जय बुढाथोकीसँग उनको सरकारी निवासमा भेट गरे। यस अवसरमा राज्यमा आगामी महिनामा सम्पन्न हुने वर्ल्ड फिट्नेस फेडेरेशन एसबी क्लासिक २.० राष्ट्रिय प्रतियोगिताको टी शर्ट अनि पोस्टर पनि सार्वजनिक गरे।

मुख्यमन्त्रीले सञ्जय बुढाथोकीसँग आगामी दिनमा सिक्किमलाई ड्रग्स मुक्त बनाउने उद्देश्य सहित फिटनेसको क्षेत्रमा सिक्किमका युवाहरूलाई अझ प्रोत्साहित गर्ने पनि सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement