दार्जिलिङ: २०१७ मा भएको गोर्खाल्याण्ड आन्दोलनमा पक्रा परेर विगत छ वर्षसम्म जेलमा रहेर जेलमुक्त बनेका ९ जना युवाहरूलाई आज दार्जिलिङमा सम्बर्ध्दना जनाइएको छ। न्याय एनजीओको आयोजनामा सम्पन्न एक कार्यक्रमबीच जेलमुक्त बनेका ९ जना युवाहरूलाई हिरोज अफ् गोर्खा भनेर अाज सम्बर्ध्दना जनाउने कार्यक्रम सम्पन्न गरिएको छ। २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा पक्रा परेर विगत छ वर्षसम्म जेलमा रहेर बेलमा बाहिर निस्केका 9 जना युवाहरू क्रमैले सुरज प्रधान, श्याम कामी, देवराज लेप्चा, महेन्द्र कामी, फिरोज थापा, अश्विन गुरुङ अनि दावा शेर्पा, गौरव, नवीन राई आदिलाई अधिवक्ता प्रताप खाती र अधिवक्ता बन्दना राईको अगुवाईमा सम्बर्ध्दना जनाइएको छ। यी ९ जना युवाहरू गोर्खाको हिरो भन्दै सम्बर्ध्दना जनाइएको छ।

उक्त सम्बर्ध्दना कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै अधिवक्ताद्वय प्रताप खाती र बन्दना राईले २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा पक्रा परेर विगत छ वर्षसम्म जेलमा बसेर बेलमा बाहिर निस्केद र अब उनीहरूको ट्रायल शुरु हुने बताएका छन्। दुवैले संयुक्त रूपमा पत्रकारहरूलाई सम्बोधन गर्दै युवाहरूका रिहाईको लागि धेरै नेताहरूलाई गुहार लगाउने कार्य भए पनि कसैले सहयोग नगरेपछि हामीले टिम बनाएर हामीले हातेमालो गरेर जेलमुक्त बनाउन सक्षम भएको बताएका छन्। उनीहरूले युवा भाइहरूमाथि धेरै केशहरू थोपिएकोले उनीहरूका शिर झुकेको थियो र जनताको माया र सपोर्ट छ भनेर देखाउन साथै झुकेको शिर ठाड़ो गराउन आज सम्बर्ध्दना कार्यक्रम आयोजना गरिएको बताएका छन्। अधिवक्ताद्वय प्रताप खाती र बन्दना राईले पत्रकारहरूलाई सम्बोधन गर्दै भने “९ जना युवाहरू पूर्ण रूपमा मुक्त भएका छैनन् तर बेलमा निस्केको कारणले अब सबैले ट्रायल शुरु हुन्छ। हामीले पहिलो स्टेपमा सफलता पाएका छौं। युवाहरूका रिहाईको लागि कसैले प्रयास नगरेपछि हामीले प्रयास गरेका हौं। हाम्रो जातिले डराउनु पर्दैन कारण हामी जातिको लागि छौं। हाम्रो युवाहरूमाथि जुन दोषहरू छन् ती दोषाहरूलाई दोषरहित बनाउन हामी लगातार प्रयास गर्नेछौं।”

स्मरण रहोस् – २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा पक्रा परेर ९ जना युवाहरू पक्रा परेर विगत छ वर्षसम्म जेलमा रहेका थिए जो गत १४ जुलाईको दिन अधिवक्ताद्वय प्रताप खाती र बन्दना राईको पहलमा बेलमा बाहिर निस्केका थिए।