मालदाः दक्षिण बंगाल सीमान्त अन्तर्गत सीमा चौकी नादिरखाना ७०औं वाहिनीका जवानहरूले सीमामा विभिन्न कम्पनीहरूको २० मोबाइल जफत गरे। जफत गरिएका मोबाइलहरूको अनुमानित दर २,७१,००० रूपियाँ बताइएको छ। तस्करहरूको यी मोबाइलहरूलाई भारतदेखि बांग्लादेश लैजाने योजना थियो।
विशेष गोप्य जानकारीको आधारमा कारबाही गर्दै सीमा चौकी नादिरखानाका जवानहरूले एक विशेष एम्बुश लगाए। एम्बुश पार्टीले दुई तस्कर ब्यागको साथ सीमातिर बढ़िरहेको देख्यो। त्यही समय जवानहरूले तस्करहरूलाई रोकिनलाई भन्यो तर जवानहरूलाई देखेर तस्कर झाड़ीहरूको फायदा उठाएऱ भागे। जब जवानहरूले घटनास्थलमा पुगेर क्षेत्रको गहन तलाशी लिए, त्यहाँबाट उक्त मोबाइल फोन उद्धार गरियो। जफत गरिएको समानलाई अघिको कानूनी कारबाहीको निम्ति कस्टम कार्यालय मालदालाई सुम्पियो। बीएसएफ, दक्षिण बंगाल सीमान्तका प्रवक्ता एके आर्य अनुसार, सीमा सुरक्षा बलले भारत-बांग्लादेश सीमामा तस्करीलाई रोक्न कड़ा कदम उठाइरहेछ। बीएसएफका जवानहरूले आफ्नो क्षेत्रबाट तस्करी रोक्नको निम्ति पूर्ण रूपमा प्रतिबद्ध छन्।
-हिस