बासन्तीमा युवा तृणमूल कार्यकर्ताको हत्याका मुख्य आरोपित पक्राउ

00-1-Rajya-Samachar-17

कोलकाताः दक्षिण २४ परगना जिल्लाको बासन्तीमा युवा तृणमूल कार्यकर्ता जियारुल मोल्लाको हत्याको मामिलामा मुख्य आरोपितलाई पुलिसले शुक्रवार सॉंझ उस्ती क्षेत्रबाट पक्राउ गरेको छ। उल्लेखनीय छ, जुलाई महिनाको पहिलो शनिवार केनिङबाट घर गइरहेको समय बासन्ती थाना अन्तर्गत फुलमालंच ग्राम पञ्चायतको छत्रखालीमा जियारुलको हत्या गरिएको थियो। कथित रूपमा बदमाशहरूले उसको बाटो रोकेको थियो र छेवैबाट गोली हानेको थियो।

स्थानीय युवा तृणमूल कार्यकर्ताको हत्यापछि राज्यपाल सीवी आनन्द बोस पनि बासन्ती गएका थिए। तर, उनी मृतक परिवारसॅंग भेट गर्न पाएका थिएनन्। पछि उनले मृतककी छोरीलाई केनिङमा बोलाएर भेट गरेका थिए। पुलिस सूत्रहरू अनुसार, यस मामिलाका मुख्य आरोपित रकीब खान (३१) लाई शुक्रवार उस्तीबाट पक्राउ गरियो। पक्रा परेका आरोपितलाई शनिवार अलीपुर कोर्टमा पेश गरिने छ।

-हिस

About Author

Advertisement