एसकेएम पार्टीको चिसोपानीमा समन्वय सभा सम्पन्न

00-1-Rajya-Samachar-17

गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोलेको निर्देशनमा अनि मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार टीएन ढकालको नेत्तृत्वमा राज्यव्यापी घरदैलो एवं वार्डस्तरीय सभा खाम्दोङ सिङताम क्षेत्रमा धारावाहिक रूपमा चलिरहेको छ। यसै क्रममा आज लोवर तिनेक चिसोपानीमा समन्वय सभा सम्पन्न भयो। यस अवसरमा मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार टीएन ढकाल, मुख्यमन्त्रीका सल्लाहकार तथा रोहितराज महाराज, सामाजिक सेवा प्रकोष्ठकी महासचिव रुपा कार्की, पूर्व बिधायक एम प्रसाद शर्मा, सीएलसी अध्यक्ष मोहन खतिवडा, पूर्व अध्यक्ष उत्तम प्रधान, युवा अध्यक्ष विधान शंकर लगायत अन्य गन्यमान्य व्यक्तिहरू उपस्थित थिए।

यस अवसरमा पार्टीको कार्यक्रम र योजना लगायत आगामी दिनमा गरिनुपर्ने कार्यक्रमहरूबारे चर्चा परिचर्चा गरिएको बताइएको छ।

About Author

Advertisement