रे-भ्याल्ली स्कूलमा डेन्टल चेकअप क्याम्प

rey_613

गान्तोकः राजधानीको तादोङस्थित रे-भ्याल्ली इन्टरनेश्नल स्कूलले शुक्रवार स्कूल परिसरमा डेन्टल चेकअप क्याम्प सम्पन्न गऱ्यो। शिविरमा डाक्टरद्वय गावेश्ना राई, विनू सुब्बाले तकनिकी सहयोगी रेश्मा सुब्बाको सहयोगमा स्कूलका विद्यार्थीहरुको दाँत जाँच गरे। स्कूलले यो शिविर आफ्ना विद्यार्थीहरु, शिक्षकहरू अनि अशिक्षण कर्मचारीहरुको लागि आयोजन गरेको हो। नर्शरीदेखि पाँचौं श्रेणीसम्मका विद्यार्थीहरुले दाँत जाँच गराएका थिए।

शिविरबारे बोल्दै स्कूलकी एकाडेमिक कोअर्डिनेटर अरुणा प्रधान र प्रसाशनिक संयोजक क्रिष्टोफऱ वाङले स्कूल प्रबन्धनले विद्यार्थीहरु, शिक्षकहरु र अशिक्षण कर्मचारीहरुका लागि वर्षेणी यस प्रकारको स्वास्थ्य जाँच गराउँदै आएको बताए। यसपाली दाँतसम्बन्धी रोगको जाँच गराउऩ शिविर आयोजन गरेको जानकारी गराए।

-हिस

About Author

Advertisement