बांग्लादेशी दम्पत्ति पक्राउ

IMG-20230528-WA0320-5-300x172-6

कुचबिहारः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी सेक्टर अन्तर्गत ०६औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को बर्डर आउट पोस्ट (बीओपी) धपराहाटका सीमा पुलिसहरूले दुई बांग्लादेशी नागरिकलाई समाएका छन्।

जानकारी अनुसार, बीएसएफले बांग्लादेशी नागरिक विश्वजीत साहा (६१) लाई उसकी पत्नीको साथ त्यस समय समायो जब यी दुई बांग्लादेशबाट अवैध रूपमा भारतमा धाहाग्राम अंगरापोटा एन्क्लेवको बाड़ नभएको हिस्साबाट सीमा नाघ्ने प्रयास गरिरहेका थिए। उनीहरूदेखि भारतीय मुद्रा ५,६७० रूपियाँ र दुई मोबाइल फोन उद्धार गरिएको छ। पक्रा परेका दुवै बांग्लादेशी नागरिकलाई बीएसएफले अघिको कारबाहीको निम्ति जफत गरिएको समानको साथ कुचलीबारी थानालाई सुम्पेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement