सिलगढी: सिलगढीको चेकपोस्ट क्षेत्रमा एक व्यक्ति चार पाङ्ग्रे गाडी छोडेर बजार गएका छन्। मौका मिलाएर चोरले गाडीको सिसा फुटाएर करिब ४० हजार रुपियाँ, ल्यापटप लगायतका सामान चोरेका छन्। घटनाको अनुसन्धानपछि सिलगढी भक्तिनगर पुलिसले एकजनालाई पक्राउ गरेको छ। चोरीका सामान पनि बरामद भएको छ ।
घटना साउन २० गते राति भएको हो । शुक्रबार बिहान कार मालिकले सिलगढी महानगरीय पुलिस अन्तर्गत भक्तिनगर पुलिस चौकीमा लिखित उजुरी दिएका थिए। घटनाको अनुसन्धानका क्रममा पुलिसले भक्तिनगर थाना इलाकामा शुक्रबार छापा मारेर एकजनालाई पक्राउ गरेको छ । चोरीको ल्यापटप र अन्य सामान पनि बरामद भएको छ । तर पुलिसले रु ४० हजार मध्ये २१ हजार ९ सय नगद बरामद गर्न सफल भयो । पक्राउ परेका व्यक्तिको नाम विश्वजित, उमेर २७ वर्ष हो । आरोपी सिलगढी नगरपालिकाको वार्ड नम्बर ४२ अन्तर्गत प्रमोदनगर क्षेत्रका बासिन्दा हुन्। पुलिसले पक्राउ परेका व्यक्तिलाई शनिबार जलपाइगढी अदालतमा पठाएर सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।