दार्जीलिङ: आज सुके मानेभञ्ज्याङ मण्डल अधीनस्थ राङ्भाङ ग्राम पञ्चायत बुथ नम्बर २३/२७४ का जनताहरूले भारतीय जनता पार्टीको झण्डा ग्रहण गरेर पार्टीमा सामेल भएका छन्। यस अवसरमा सुखे पोखरी खण्ड प्रभारी सञ्जीव लामाको विशेष उपस्थितीमा आज बसन्त छेत्री, कमल छेत्री, लाडिकी शेर्पा, प्रयास राई, विजय छेत्री, डोनार राई, सञ्जय छेत्री, कन्हैया बरूवा, विष्णु राणा लगायत २५ घरले भाजपाको दलीय झण्डा ग्रहण गरेर पार्टीमा सामेल भएका छन्।

भारतीय जनता पार्टीमा सामेल हुनेहरू सबैलाई सुखे पोखरी खण्ड समितिको प्रभारी सञ्जीव लामाले सबैलाई भारतीय जनता पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाएका छन्। यसको साथै सुखे पोखरी मानेभञ्ज्याङ मण्डल अधीनस्थ राङ्भाङ ग्राम पञ्चायतको बुथ नम्बर २३/२७४ क लागि भारतीय जनता पार्टीको बुथ कमिटी पनि गठन गरिएको जानकारी प्राप्त भएको छ।