पोखरीमा डुबेर ७५ वर्षीया महिलाको मृत्यु

1fa4e470-7b4b-4e1e-87ee-1fb6d766bcae

कोलकाता: बर्दवान जिल्लाको मन्तेश्वर देनूर गाउँमा आज बिहान पोखरीमा मुख धुन गएकी राजश्री रोय नामकी ७५ वर्षीया वृद्धा अचानक पोखरीमा डुबेर मृत्यु भएको छ। घटनाको केही समयपछि वृद्धाका परिवारले उनलाई पोखरीबाट निकालेर मन्तेश्वर ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। शव पोष्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको मन्तेश्वर पुलिस चौकीले जनाएको छ।

About Author

Advertisement