कुचबिहार: दिनहाटा टाउन मण्डलका अध्यक्ष अजय रायलाई पुलिसले पक्राउ गरेको छ। स्रोतका अनुसार पुलिसले उनलाई तुफानगञ्जको बक्सिरहाट असम–बंगला सीमाबाट पक्राउ गरेको हो । पुलिसका अनुसार उनीविरुद्ध दुईवटा फौजदारी मुद्दा दर्ता छन् । उक्त मुद्दामा अजय राय मुख्य अभियुक्त हुन् । यद्यपी घटना कुन हो भन्ने बारे पुलिसले जानकारी दिएको छैन। उल्लेखनीय छ कि गत विधानसभा चुनावपछि अजय रायमाथि उदयन गुहामाथि आक्रमण गरेको आरोप लागेको थियो । उक्त आक्रमणमा उदयन गुहाको हात भाँचिएको थियो । यसबाहेक जुलाई १० मा पञ्चायत चुनावको नतिजा घोषणा हुनु अघिल्लो रात, अजय रायले मतगणना केन्द्रमा प्रवेश गरे र बीडीओ विरुद्ध गुनासो गरे कि निर्धारित समय भन्दा पहिले स्ट्रङ्ग रूम खोलिएको थियो। उक्त घटनामा तृणमूल कांग्रेसको तर्फबाट उजुरी परेको थियो। उक्त उजुरीमा तृणमूल कार्यकर्तालाई कुटपिट गर्ने र पुलिसमाथि हमला गरेको चर्चा थियो । तर अजय राय कुन मुद्दामा पक्राउ परेका हुन् भन्ने खुल्न सकेको छैन।