२२ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा भा-तकभर युनाइटेड क्लबले एकतर्फी जीतको साथ फाइनलमा स्थान बनायो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा शनिवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा भा-तकभर युनाइटेड क्लबले माउण्ट हर्मोन बोइज क्लबलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अजनिश राईले २ गोल गरे।

यसबाहेक चेतन तामाङ र रुपम तामाङले १-१ गोल गरे। यस म्याचमा छेडुप यल्मो रेफरी रहेका थिए। यसरी सहायक रेफरीको भूमिकामा रेमण्ड तामाङ र जीवन छेत्री थिए। लीगको फाइनल २६ जुलाईमा हुनेछ।