प्रधानमन्त्रीले रोजगार मेलामा ७० हजारभन्दा अधिक युवाहरूलाई सुम्पिए नियुक्ति पत्र

00-1-PM-Modi-2-4

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट ७० हजार भन्दा अधिक युवाहरूलाई नियुक्ति पत्र सुम्पिए। यस अवसरमा प्रधानमन्त्रीले यी युवाहरूलाई सम्बोधन गर्दै भने, ‘सन् १९४७ मा आजकै दिन अर्थात २२ जुलाईको दिन तिरङ्गालाई संविधान सभाद्वारा वर्तमान स्वरूपमा स्वीकारिएको थियो। यस महत्वपूर्ण दिनमा तपाईहरूले पनि सरकारी सेवाको लागि नियुक्ति पत्र पाउनु भनेको ठूलो प्रेरणा हो। यो तपाईहरूको लागि स्मरणीय र देशको लागि ऐतिहासिक दिन होl’

उनले भने, ‘स्वतन्त्रताको यस अमृतकालमा सबै देशवासीहरूले आगामी २५ वर्षभित्रमा भारतलाई विकसित बनाउने संकल्प लिएका छन्। देशका सबै नागरिक भारतलाई एउटा विकसित राष्ट्र बनाउनका लागि प्रतिबद्ध छन्। हरेक सरकारी कर्मचारीको लागि यो समय महत्वपूर्ण छ। तपाईहरूको फसेला देशहितमा विकासलाई गति दिने किसिमको हुनुपर्छ। तपाईहरूलाई यस अमृतकालमा देशको सेवा गर्ने ठूलो अवसर प्राप्त भएको छl’ यो रोजगार मेला देशभरिका ४४ स्थानहरूमा आयोजन गरियो। यस पहललाई समर्थन गर्ने केन्द्र सरकारका विभागहरू लगायत राज्य एवं केन्द्रशासित प्रदेशहरूमा भर्तीहरू भइरहेका छन्। देशभरिबाट चुनिएका नयाँ कर्मचारीहरूलाई राजस्व विभाग, वित्तीय सेवा विभाग, डाक विभाग, स्कूल शिक्षा विभाग, उच्च शिक्षा विभाग, रक्षा मन्त्रालय, स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय, केन्द्रीय सार्वजनिक क्षेत्रको उपक्रम, जल संसाधन विभाग, कार्मिक र प्रशिक्षण विभाग तथा गृह मन्त्रालयसहित सरकारका विभिन्न मन्त्रालय र विभागहरूमा नियुक्त गरिनेछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement