मणिपुर सरकारले मीडियासित गऱ्यो अमानवीय भीडियोलाई हटाउने अपील

00-1-Rashtriya-Samachar-17

इम्फाल: मणिपुर सरकारका गृह आयुक्त टी रणजीत सिंहले मीडियासित अपील गरेका छन्, दुई महिलाहरूलाई अपमानजनक अवस्थामा घुमाएको भीडियोलाई आआफ्नो प्लेटफर्मबाट हटाइयोस्। यसलाई कतै पनि साझा नगरियोस्। गृह आयुक्त सिंहले आम मानिसहरूसित पनि यस्तै अपील गरेका छन्। गृह आयुक्त टी रणजीत सिंहले बयानमा भनेका छन्, उपद्रवीहरूद्वारा सोशल मीडिया प्लेटफर्ममा दुई महिलाहरूलाई निर्वस्त्र पारेर घुमाएको महिलाहरूको यौन उत्पीड़न तथा हिंसा गर्दै गरेको भीडियो पोस्टको सरकारले निन्दा गर्दछ। यो भीडियो भायरल हुनाले राज्यमा कानून व्यवस्थाको स्थिति बिग्रिनसक्ने आशंका छ। सरकार यसलाई असंवैधानिक र मानवाधिकार उल्लङ्घनको मामिला मान्दछ। अन्तमा गृह आयुक्तले दोषीहरूविरूद्ध कडा कारबाही हुने वचन पनि दिएका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement