मणिपुरमा महिलाहरूको विरोध प्रदर्शन हटाउन पुलिसले छोड़्यो अश्रु ग्यास

00-1-Rashtriya-Samachar-17

इम्फाल: मणिपुरमा दुई महिलाहरूमाथि भएको यौन उत्पीड़नको विरोधमा शनिबार महिलाहरूले इम्फालमा एक विराट विरोध प्रदर्शन गरे। भीड़लाई छरपस्ट पार्नको लागि पुलिसले अश्रु ग्यासका गोलाहरू छोड़्यो। तथापि घटनामा कुनै प्रकारको जनहानि भएको खबर छैन। मणिपुरको राजधानी इम्फालको घारी क्षेत्रमा आज बिहान सयकड़ौं महिलाहरूले कारको टायर जलाएर सड़क अवरूद्ध गरी हिंसक विरोध प्रदर्शन गरिरहेका थिए। यसै क्रममा बिहान लगभग नौ बजे स्थिति त्यसबेला तनाउपूर्ण भयो जतिबेला महिलाहरूले सड़कका दुवैतिर जाम लगाएर सरकार विरोधी अभद्र नाराबाजी गरे। स्थिति नियन्त्रणदेखि बाहिर गएको कारणले पुलिसले ऱ्यापिड एक्शन फोर्स र सेनासित मिलेर तत्काल कारबाही गऱ्यो। खबरहरू अनुसार सुरक्षाकर्मीहरूले टायरमा लगाइएको आगोलाई निभाउने प्रयास गर्दा प्रदर्शनकारी महिलाहरू हिंसक भए। त्यसपछि स्थितिमाथि नियन्त्रण गर्नको लागि पुलिसले अश्रु ग्यासका गोलाहरू छोड़्यो। उक्त क्षेत्रमा कानून व्यवस्था कायम राख्नको लागि सेनाले निकटवर्ती सम्वेदनशील क्षेत्रहरूमा फ्ल्याग मार्च गरिरहेको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement