मुम्बई: देशको आर्थिक राजधानी मुम्बई जलमग्न बनेको छ। बितेका केही दिनदेखिको लगातार परिरहेको मुसलधारे पानीले महानगरको जनजीवन अस्त-व्यस्त भएको छ। महाराष्ट्रका अन्य भागहरूमा पनि भारी वर्षाको कारणले प्रभावित भएको छ। तल्लो क्षेत्र जलमग्न भएको छ। कल्याण रेलवे स्टेशन नजिक तकनिकी गड़बढ़ी भएको कारणले स्थानीय रेल सेवा प्रभावित भएको छ। मध्य रेलवेका प्रवक्ताले तकनिकी गड़बढ़ीलाई ठिक गर्नको लागि काम जारी रहेको बताएका छन्।
राज्यका विभिन्न जिल्लाहरूमा गए सोमबारदेखि नै घनघोर वर्षा भइरहेको छ। यता शनिबार बिहानदेखि नै परिरहेको मुसलधारे पानीले दक्षिण मुम्बईका दादर लालबाग, गान्धी मार्केट, पश्चिमी उपनगरका बान्द्रा, अँधेरी, मरोल, बोरीवली र मध्य रेलवेका कुर्ला, विद्याविहार, कांजुरमार्ग आदि क्षेत्रमा पानी भरिएको छ। कुर्लादेखि विद्याविहारसम्मै रेलवेको लिक पानी डुबेको छ। पश्चिमी उपनगरको अँधेरी र मिलन सब-वेमा पानी भरिएकोले ट्राफिक प्रभावित भएको छ। मुम्बई नगर निगमका कर्चमरीहरूले पम्पिङ्गको माध्यमबाट जल निकासी गरिरहेका छन्। राज्यका कोंकण, विदर्भ, मराठवाड़ा र मध्य महाराष्ट्रका केही जिल्लाहरूका नदीहरूमा बाढ़ी आएको छ। कतिपय क्षेत्रहरूमा बाढ़ जस्तै स्थिति सृजना भएको छ। मौसम विज्ञान विभागले कतिपय जिल्लाहरूको लागि रेड तथा कतिपयको लागि यल्लो अलर्ट जारी गरेको छ। प्रशासनले रत्नागिरी, पालघर तथा विदर्भका चन्द्रपुर, गढ़चिरौली, यवतमाल र गोँदिया, रायगढ़, सातारा जिल्लाका मानिसहरूलाई आवश्यक काम परे मात्र घरदेखि बाहिर जाने अपील गरेको छ। -हिस