दार्जीलिङ: रोमन खवास हाम्रो पार्टीमा फर्किएका छन्। २५ नम्बर समष्टि सौरेनी अन्तर्गत पर्ने चुनधूरा हाम्रो पार्टीको पूर्व शाखा अध्यक्ष रोमन खवास विगत केही महिना अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका थिए।आज उनी हाम्रो पार्टीमा पुनः फर्किए आएका छन्। हाम्रो पार्टीको मिरिक महकुमा समिति कार्यालयमा महकुमा समिति अध्यक्ष प्रशान्त लामाले रोमन खवासलाई स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पिएका छन्। हाम्रो पार्टीमा पुनः सामेल भएपछि रोमन खवासले भने, हाम्रो पार्टी भनेको जनताको हितमा गठन भएको पार्टी रहेछ भन्ने आफुले बुझे। हाम्रो पार्टी कुनै सत्तामा छैन तर पनि ग्रामीण क्षेत्रहरूमा तीनसयभन्दा धेरै बाटोहरूको खनन् कार्यहरू गरी सकेको छ। पहाडको धेरैवटा ग्रामीण क्षेत्रहरू यस्ता पनि छन् जहाँ आजसम्म बाटो पुग्न सकेको छैन जसको कारणले गर्दा रात विरात विमार भएको खण्डमा डोकोमा बोकेर अस्पताल पुराउने गर्छन्। ग्रामीणवासीहरूको त्यस्तो अवस्था देखेर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो गोजीको पैसाले बाटोहरू खनि दिएका छन। धेरै गाउँहरूमा समाज घर समेत नभएकोले स्थानीय गाउँलेहरूलाई सामाजिक कार्यहरूको आयोजना गर्न धेरै समस्याहरू भईरहेका थिए। ती गाउँहरूमा समाज घरहरूको निर्माण, पिउने पानीको व्यवस्था साथै गरीब बिमारीहरूको उपचार, गरीब विद्यार्थीहरूलाई शिक्षा अार्जनको भारहरू उठाउँदै आईरहेका छन्। हाम्रो पार्टीको यस्तै समाजिक कार्यहरू, छुट्टै राज्यको मांगप्रतिको इमान्दारितापनले आफुलाई हाम्रो पार्टीमा पुनः फर्काई ल्याएको खवासले बताए। हाम्रो पार्टी मात्र यस्तो पार्टी हो जहाँ हामी गोर्खाहरूको जातीय परिचयप्रतिको इमान्दारिता, छुट्टै राज्यको मांगप्रतिको स्वच्छता अनि सामाजिक सोच र कार्यहरू आफुले पाएको र आफु पुनः आफ्नो घर हाम्रो पार्टीमा फर्किए आएको रोमन खवासले बताए।मिरिक महकुमा समिति अध्यक्ष प्रशान्त लामाले रोमन खवासलाई पार्टीमा न्यानो स्वागत जनाउँदै हामी सबै एकबद्व भएर गोर्खा जातिको जातीय उन्मुक्तिको संघर्षमा अघि बढ्ने आह्वान् गरेका छन्। आजको कार्यक्रममा २५ नम्बर समष्टिको समष्टि अध्यक्ष सुरेश थापा लगायत अन्य कार्यकर्ता एंव नेतृत्वहरूको उपस्थिति रहेको थियो।