दार्जिलिङ: दार्जीलिङ निवासी इस्माइल दासलाई विधायक निरज जिम्बाद्वारा आर्थिक प्रदान गर्दै चेकमार्फत् २१ हजार रुपियाँ सहयोग प्रदान गरेका छन्। इस्माइल दास नेपालमा सम्पन्न भईरहेको गायन प्रतियोगिता कार्यक्रम ‘मेरो भोइस कप-युनिभर्स’ मा वर्तमानमा उनी भोटिङ राउण्डमा पुग्न प्रथम चरण पार गर्न सफल भएका छन्। यस अवसरमा दार्जिलिङको विधायक निरज जिम्बाले भने, ‘म दार्जीलिङ विधानसभा क्षेत्रका जनप्रतिनिधि भएकोले उनलाई सहयोग पुर्याएको हो। यस अन्तर्राष्ट्रीय गायन प्रतियोगितामा मिरिकबाट साईराज खाती पनि प्रतियोगितामा सामेल भएका छन्। उनलाई पनि मैले आर्थिक सहयोग पुर्याएको छु। यस प्रतियोगितामा दार्जीलिङ पहाड लगायत सिक्किमबाट पनि धेरै प्रतियोगीहरु प्रतिस्पर्धा गरिरहेका छन्। यो एउटा अन्तर्राष्ट्रिय मञ्च हो। इस्माइल दासलाई यो मेरो प्रथम चरणको सहयोग हो। उनलाई म फेरि पनि सहयोग पुर्याउने छु।’
उनले अघि भने, ‘विगतका दिनहरुमा दार्जीलिङबाट हाम्रो भाई बहिनीहरुले अन्तर्राष्ट्रूय गायन प्रतियोगितामा सामेल भएर जितेका पनि छन्। म इस्माइल दासको जीतको कामना गर्दछु र तपाईं हामीले उनको जीतको निम्ति सहयोग पुर्याउन पर्छ र सबैले इस्माइल दासलाई धेरैभन्दा धेरै भोट हालेर बिजयी बनाई दिने अपिल गर्दछु।’