खरसाङ देवराली समष्टिको चित्रे बस्ती क्षेत्रमा रिजर्ब ट्यांकी निर्माणको लागि शिलान्यास सम्पन्न

IMG-20230722-WA0343.jpg

खरसाङ: खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाको बाहुलीबाट ठूलो रिजर्ब पानीको ट्यांकी निर्माणको लागि भूमि पूजन गरी शिलान्यास गरिएको छ। खरसाङ देवराली समष्टिको अप्पर चित्रे बस्ती, लोवर चित्रे बस्ती र ग्वाला बस्तीको लगभग ११० घरहरूका लागि पानीको रिजर्ब ट्यांकी निर्माणको लागि आज विधिवत रूपमा शिलान्यास गरिएको छ। यस अवसरमा सभासद श्याम शेर्पाले धुप दीप प्रज्वलन गरे भने नारी शक्ति खरसाङ देवराली समष्टिको सभापति सुष्मा मुखियाले पूजा अर्चना गरिन् भने नारी शक्ति खरसाङ देवराली समष्टिको सचिव ललिता छेत्रीले नरिवल खुटाएर उक्त पानीको ट्यांकी निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ। यस समष्टीको अप्पर चित्रे, लोवर चित्रे र ग्वाला बस्तीको लगभग ११० घरहरूका लागि निर्माण भईरहेको ठूलो पानीको रिजर्ब ट्यांकीको भित्री लम्बाई १७ फिट, चढ़ाई १६.४ फिट र उँचाई ७ फिट लामो र ७५ हजार लिटर पानी रिजर्ब गर्न सकिने ट्यांकी निर्माण हुने बताइएको छ। उक्त पानीको ट्यांकीमा बागौरा फरेस्ट क्षेत्रस्थित पानीको स्रोतबाट पानी ल्याएर यहाँ जमा गरेर गाउँहरूमा वितरण गरिने भएको छ। ट्यांकी बनिएपछि चित्रे क्षेत्रका लगभग ११० घरहरूलाई पानीको लागि धेरै सुविधा हुने भएको छ। उक्त पानीको टंयाकी निर्माणको लागि शिलान्यास कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै क्षेत्रीय सभासद श्याम शेर्पाले खरसाङ देवराली समष्टिको चित्रे क्षेत्रमा पानीको समस्या छ र क्षेत्रवासीको विकासको लागि साथै जनताको पानीको समस्या समाधान गर्नलाई यो पानीको ठूलो रिजर्ब ट्यांकी निर्माणको लागि शिलान्यास भईरहेको जानकारी गराएका छन्। उनले यस समष्टीको अप्पर चित्रे, लोवर चित्रे र ग्वाला बस्तीको लगभग ११० घरहरूका लागि निर्माण भईरहेको ठूलो पानीको रिजर्ब ट्यांकीको भित्री लम्बाई १७ फिट, चढ़ाई १६.४ फिट र उँचाई ७ फिट र ७५ हजार लिटर पानी रिजर्ब गर्न सकिने ट्यांकी निर्माण हुने जानकारी गराएका छन्।

त्यसरी नै स्थानीय एंव भागोप्रमो अप्पर चित्रेको संयोजक रुपेस देवानले चित्रे क्षेत्रमा पानीको धेरै समस्या रहेको थियो तर अहिले क्षेत्रीय सभासद श्याम शेर्पाको पहलमा यस क्षेत्रको लागि ठूलो रिजर्ब पानीको ट्यांकी निर्माणको लागि आज शिलान्यास गरिएको बताएका छन्। उनले यसको लागि पानीको स्रोत हेरिसकेका छौं भन्दै यो पानीको ट्यांकी निर्माणले चित्रे बस्तीको पानीको समस्या समाधान हुनेछ भनी बताएका छन्। त्यसरी नै लोवर चित्रे बस्तीको संयोजक सुजित गिरीले गाउँमा पानीको धेरै समस्या थियो र यो पानीको ट्यांकी निर्माण भएपछि पानीको समस्या समाधान हुने अपेक्षा गरिएको बताएका छन्। उनले यसरी गाउँको लागि विकासको कार्य गरिदिएकोमा जीटीए चिफ् अनित थापा, क्षेत्रीय सभासद श्याम शेर्पा, नारी शक्तिको समष्टि सभापति सुष्मा मुखिया अनि नारी शक्ति समष्टि सचिव ललित छेत्रीप्रति आभार प्रकट गरेका छन्। उक्त शिलान्यास कार्यक्रममा सभासद श्याम शेर्पा, नारी शक्तिको समष्टि सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री, पञ्चायत सदस्य दिपेस थापा लगायत स्थानीयहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement