खरसाङमा दुई दिवसीय ब्याटमिन्टन टुर्नामेन्ट शुरु

IMG-20230722-WA0352.jpg

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र खरसाङ ब्याटमिन्टन एसोसिएशनको संयुक्त आयोजनामा आजदेखि खरसाङमा दुई दिवसीय ब्याटमिन्टन टुर्नामेन्ट शुरु भएको छ। उक्त ब्याटमिन्टन टुर्नामेन्ट पाँचवटा क्याटोगरीमा खेलाइएको छ जसमा अण्डर १५ र अण्डर १९ गर्ल्स एण्ड बोइज जुन खरसाङ महकुमा स्तरीय रूपमा खेलाइएको छ। त्यसरी नै ४० प्लस भेटरेन डबल्स जीटीए स्तरीय रुपमा खेलाइएको छ। यस ब्याटमिन्टन टुर्नामेन्ट अन्तर्गत आज पहिलो दिन जम्मा ४७ वटा म्याचहरू खेलाउने लक्ष्य राखेको बताइएको छ। त्यसरी नै भोलि अन्तिम दिन सेमी फाइनल र फाइनल खेल खेलाइने भएको छ। उक्त ब्याटमिन्टन टुर्नामेन्टको पहिलो दिन खेल शुरु हुन अघि सबै खेलाडीहरू र अफिसियर्सहरुलाई एकत्रित गरेर राष्ट्रीय गीत राखेर साथै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र खरसाङ ब्याटमिन्टन एसोसिएशनको दिवंगत सदस्यहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो। त्यसरी नै यस टुर्नामेन्टको शुरुमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभापति मोहन योञ्जन र खरसाङ ब्याटमिन्टन एसोसिएशनको सभापति पेमेन्द्र गुरुङले संयुक्त रूपमा ब्याटमिन्टन टुर्नामेन्टको विधिवत् रूपमा उदघाटन गरेका थिए। यस टुर्नामेन्ट अन्तर्गत अण्डर १५ र अण्डर १९ खरसाङ महकुमा स्तरीय रहेका छन् भने ४० प्लस भेटरेन जीटीए स्तरीय भएकोले यसमा सहभागिता जनाउन दार्जिलिङ, कालेबुङ, बिजनबारी, मिरिक, तकदाह, लामाहट्टा, सोनादा लगायतका विभिन्न क्षेत्रहरूबाट मानिसहरूले सहभागिता जनाएका छन्। यस टुर्नामेन्टको सेमी फाइनल र फाइनल खेल भोलि हुने भएको छ। खरसाङमा आयोजित ब्याटमिन्टन टुर्नामेन्टको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङ र खरसाङ ब्याटमिन्टन एसोसिएशनको सचिव पियुष राईले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement