सभासद श्याम शेर्पाको सहयोगमा जीर्णावस्थामा रहेका घरको छाना मरमत्तिको लागि च्यादरहरू वितरण

IMG-20230722-WA0332.jpg

खरसाङ: खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाको सहयोगमा देवराली क्षेत्रका तीनजनालाई घरको छाना मरमत्तिको लागि च्यादरहरू वितरण गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ देवराली समष्टिको नारी शक्तिको सभापति सुष्मा मुखिया अनि सचिव ललिता छेत्रीद्वारा विभिन्न क्षेत्रहरूमा भ्रमण गरेर जीर्णावस्थामा रहेको घरहरूलाई केही सुविधा होस् भनेर च्यादरहरू वितरण गरिएको छ। दुवैले यस क्रममा जम्मा ५६ वटा च्यादरहरू वितरण गरिएको छ। सभासद श्याम शेर्पाको सहयोगमा देवरालीको दिलिप खवासलाई १४ वटा, सिमानाटारको समीर तामाङलाई १६ वटा, चैतेपानी निवासी सीता रूचाललाई १६ वटा च्यादरहरू वितरण गरिएको छ।

उक्त च्यादरहरू सभासद श्याम शेर्पा, नारी शक्ति समष्टि सभापति सुष्मा मुखिया अनि नारी शक्ति समष्टि सचिव ललित छेत्रीको बाहुलीबाट वितरण गरिएको छ। त्यसरी नै ६ वटा च्यादरहरू भिक्टोरिया नाग मन्दिरमा प्रदान गरिएको छ। उक्त च्यादरहरू वितरण कार्य अघि नर्थ शिवखोलाको सार्वजनिक भवनमा एक सांगठनिक सभा पनि सम्पन्न गरिएको छ। उक्त सभा सभासद श्याम शेर्पाको अध्यक्षता र युवा शक्तिको संयोजक एंव पञ्चायत सदस्य दिपेस थापाको सञ्चालनमा सम्पन्न भएको छ।

उक्त सभालाई सभासद श्याम शेर्पा र नारी शक्तिको समष्टि सभापति सुष्मा मुखियाले सम्बोधन गरेका थिए। यसरी देवराली क्षेत्रका जीर्णावस्थाको घरहरूका लागि च्यादरहरू प्रदान गरिएकोमा प्रापकहरूले सभासद श्याम शेर्पा लगायत नारी शक्तिको सुष्मा मुखिया अनि ललिता छेत्रीप्रति आभार प्रकट गरेका छन्। यस च्यादर वितरण कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै नारी शक्ति खरसाङ देवराली समष्टिको सभापति सुष्मा मुखियाले गत पञ्चायत चुनावको समय विभिन्न घरहरू भ्रमणावधि धेरैको घरहरू जीर्णावस्थामा रहेको देखेका थियौं। तर चुनावको समयमा वितरण नगरेर आज वितरण गरिएको भनी बताएका छन्। उनले हामीले वाचा गरे अनुसार जीर्णावस्थामा रहेका घरहरूको छाना मरमत्तिको लागि सभासद श्याम शेर्पाको सहयोगमा च्यादरहरू वितरण गर्न सफल भएका छौं र भविष्यमा सभासद श्याम शेर्पाकै सहयोगमा उनीहरूका नयाँ घर निर्माणको लागि पनि पहल गरिरहेका छौं भनी बताएका छन्। सुष्मा मुखियाले हामीले हाम्रो समष्टीमा पार्टी अध्यक्ष अनित थापाको भिजनलाई लिएर कसैलाई नछुट्टाईकन काम गरिरहेका छौं भनी बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement