२२ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा बड़ा काकझोड़ा युनाइटेड क्लबले सेमिफाइनलमा स्थान बनायो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा शनिवार खेलिएको क्वार्टर फाइनल म्याचमा बड़ा काकझोड़ा युनाइटेड क्लबले भिजन फूटबल क्लबलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा बड़ा काकझोड़ा युनाइटेड क्लबबाट प्रणय गुरुङ र छेवांग लामाले गोल गरे। यसरी भिजन एफसी-बाट दीप थापा र प्रणेश देवानले गोल गरे।

यस म्याचमा रमेश राई रेफरी रहेका थिए। यसरी सहायक रेफरीको भूमिकामा उज्ज्वल राई र जीवन छेत्री थिए। बड़ा काकझोड़ा युनाइटेड क्लबले अब २४ जुलाईमा खेलिने सेमिफाइनलमा दार्जीलिङ पुलिसको चुनौती स्वीकार्नेछ। लीगको फाइनल २६ जुलाईमा हुनेछ।