चेलखोलाको तेजमा परेर फेरी एकजनाको मृत्युको

IMG-20230722-WA0251.jpg

गोरुबथान: घाम लागेर केही गरम भएको आभाष हुँदै थियो आज। सलल बगिरहेको चेक खोला चिसो पानीमा पौडी खेलेर चिसोपनको आभाष लिने ध्येयमा आज दिँऊसो लगभग १२:३० बजे तिर एक युवक खोलामा पौडी खेल्दा खेल्दै खोलाले एक्कासी बगाएर ज्यान लिएको थाहा लागेको छ। यसरी अकालमृ ज्यान गुमाउने युवकको नाम तनमय दास रहेको जानकारी प्राप्त भएको छ। तिनी डामडिम निवासी रहेको पनि जानकारी पाइएको छ। युवकको मृत शरीरलाई गोरुबथान पुलिसले उद्धार गरी गोरुबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो।प्रतिवर्ष नै चेल खोलाको चपेटमा परी धेरैले ज्यान गुमाएको छ। तसर्थ खोलामा पौडी खेल्न जाँदा सावधानी अप्नाउनु एकदमै जरुरी रहेको छ।
थप जानकारी हामी दिनेछौ।

About Author

Advertisement