मुम्बई: रायगढ़ जिल्लास्थित इरशालवाड़ी गाउँमा गए बुधबर राति पहाड़ धस्किएर भएको दुर्घटनामा शनिवार बिहानसम्ममा २२ जना मानिसहरूको मृत्यु भइसकेको छ भने ११९ मानिसहरूलाई बचाइएको छ। अहिले पनि ८६ जना मानिसहरू बेपत्ता रहेको बताइएको छ। शनिवार तेस्रो दिन पनि यहाँ जारी बचाउ कार्यमा शव उद्धार गरियो। घटनास्थलमा हिलो भएकोले साथै बाटो नभएको र पानी पनि परिरहेकोले राहत अनि बचाउ कार्य प्रभावित भइरहेको छ।
विधान परिषदकी उपसभापति नीलम गोरहेले शनिबार इरशालवाड़ीमा पुगेर घटनाका पीड़ितहरूसित भेट गरिन्। यहाँ उनले गाउँवासीहरू समक्ष भनिन्, मुख्यमन्त्री एकनाथ शिन्दे यस गाउँका बाल-बालिकाहरूको शिक्षा अनि पालन-पोषणको जिम्मेवारी वहन गर्न तयार देखिएको छ। उक्त दुर्घटनाको कारणले अधिकांश बाल-बालिकाहरूले आफ्ना माता-पिता गुमाएका छन्। यसैले यी सबै बालबालिकाहरूको हरेक खर्च श्रीकान्त शिन्दे फाउण्डेशनले वहन गर्नेछ। फाउण्डेशनले यी बालबालिकाहरूको शिक्षा पूरा नहुञ्जेलसम्म उनीहरूलाई हरेक किसिमको सहयोग गर्नेछ। गएको शुक्रबार मुख्यमन्त्री एकनाथ शिन्देले भनेका थिए, यहाँका नागरिकहरूको लागि सिडकोको माध्यमबाट घर बनाइदिने निर्णय क्याबिनेटको बैठकमा लिइएको छ। गाउँका मानिसहरूको गाँस र बासको व्यवस्था सरकारद्वारा गरिनेछ। -हिस