दिल्लीमा यमुना नदीको जलस्तर फेरि बढ़्यो, तेस्रो पटक खतराको निशानदेखि माथि

00-1-Delhi-Yamuna-River-copy

नयाँ दिल्ली: राष्ट्रिय राजधानी दिल्लीमा यमुना नदीको जलस्तर हिजो रातिदेखि फेरि खतराको निशानदेखि माथि पुगको छ। बाढ़ी प्रभावित मानिसहरूले आफ्ना रहल-पहल सर-सामानहरू राम्रोसितले सुकाउन पनि नपाई उनीहरूमाथि पुनः बाढ़ीको खतरा मड़ारिन थालेको छ। यमुनाको रौद्र रूपले यसको तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको धड़कन बढ़ाएको छ।

अधिकारीहरू अनुसार गए शुक्रबार साँझ लगभग ६ बजे तेस्रो पटक यमुनाको जलस्तर २०५.३८ मीटरदेखि माथि पुग्यो। पछिल्ला लगभग एक सातादेखिको जलमग्न राजघाट परिसरबाट शुक्रवार पनि पानी निकालियो। यमुनामा पानी बढ़ेपछि यसको नजिकैमा अवस्थित यस गहिरो क्षेत्रमा फेरि पानी भरिने जोखिम बढ़ेको छ।

यसअघि गत १० जुलाईको दिन यमुना नदीले खतराको निशान २०५.३३ मीटरलाई पार गरेको थियो। यसरी नै गत १३ जुलाईमा यमुनाले दिल्लीमा वर्ष १९७८ मा आएको बाढ़ी अवधिको आफ्नो जलस्तर २०७.४९ मीटरको रेकर्डलाई पछि पारेको थियो। ओल्ड रेलवे ब्रिज (लोहा पुल)-मा यसको अधिकतम जलस्तर २०८.६६ मीटर पुगेको थियो। यसको छः दिनपछि १९ जुलाईको बिहान पाँच बजे यमुनाको जलस्तर खतराको निशानदेखि २०५.२२ मीटरमा आएको थियो। तर छःबजेदेखि यसको जलस्तर फेरि बढ़्न शुरू भएको थियो। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement