शिमला: हिमाचल प्रदेशमा वर्षाको प्रकोप जारी छ। ताजा आपदा गए राती शिमला जिल्लाको रोहडु उपमण्डल अन्तर्गत चिड़गाउँ खण्डमा आइलागेको छ। चिड़गाउँको उपखण्ड जाङ्गला डिसवाणी पंचायतको जगोटीमा बादल फाटेर ठूलो विनाश भएको छ। बाढ़ीले यहाँको एउटा भोजनालय सहित त्यहाँ अवस्थित तीनजना मानिसहरूलाई बगाएको छ जो अहिलेसम्म बेपत्ता भएका छन्। बेपत्ता भएका मानिसहरूको पहिचान रोशनलाल (६२), उनकी पत्नी भागा देवी (५७) र नाती (११) कार्तिकको रूपमा भएको छ। पानीको भेलले स्थानीय लैला खड्डमा बाढ़ी आएको छ।
सूचना पाउनसाथ जगोटी पुगेको स्थानीय प्रशासनका टीमहरूले राहत अनि बचार कार्य शउरू गरेका छन्। तथापि बेपत्ता भएका मानिसहरूको अहिलेसम्म पत्तो लाग्नसकेको छैन। क्षय-क्षतिको अनुमान लगाइँदैछ। चिड़गाउँका खण्ड विकास अधिकारी सौरभ धीमानले बाजे-बोज्यु-नाती बेपत्ता भएको पुष्टि गर्दै भने, ‘पाँचवटा वाहनहरूलाई क्षति पुगेको छ। क्षेत्रमा राहत एवं बचाउ कार्य जारी छl’ यसबीच राज्यमा वर्षाको कारणले आएको पैह्रो आदिको कारणले ६०० भन्दा अधिक सड़कहरू बन्द छन्। ठूलो संख्यामा बिजुली ट्रान्सफर्मरहरू ठप्प छन् भने केही जलापूर्ति योजनाहरू प्रभावित भएका छन्। गत दुई दिनअघि चिड़गाउँको खाबलमा एउटा कार खाड़लमा झरेर तीजनाको मृत्यु भइसकेको छ। मौसम विभागले आगामी तीन दिनसम्म अर्थात आगामी २४ जुलाईसम्म घनघोर वर्षा हुने चेतावनी जारी गरेको छ। चम्बा, काँगड़ा, शिमला, कुल्लू, मण्डी, बिलासपुर, सोलन, सिरमौर, हमीरपुर, किन्नौर र लाहौल-स्पीति जिल्लामा तीव्र मेघगर्जनसितै भारी वर्षा हुने सम्भावना छ। यसरी नै आगामी २६ जुलाईसम्म राज्यभरि नै मौसम अनुकूल रहनेछ। यस अवधि खोला-नाला-नदीहरूदेखि टाड़ा बस्नुपर्छ। -हिस