९९ रनमा अविजित रहने सातौं ब्याटर बने जनी बेयरस्टो

IMG-20230722-WA0198.jpg

२२ जुलाईः एशेज सीरीजको चौथो टेस्ट म्याचमा अष्ट्रेलियाले पहिलो ईनिंग्समा बनाएको ३१७ रनको जवाफमा आयोजक ईंग्ल्याण्डले आफ्नो पहिलो ईनिंग्समा ५९२ रन बटुल्यो। ईंग्ल्याण्डको पहिलो ईनिंग्स समाप्त हुँदा विकेटकीपर-ब्याटर जनी बेयरस्टो ९९ रनमा अविजित रहे। जेम्स एण्डरसन (५ रन)-को रूपमा ईंग्ल्याण्डले आफ्नो अन्तिम विकेट गुमाउँदा बेयरस्टोले आफ्नो शतक पूरा गर्न सकेनन्। यसरी बेयरस्टो ९९ रनमा अविजित रहने विश्वका सातौं क्रिकेटर बने। यसअघि ज्योफ्री बयकट, स्टीव वा, एलेक्स ट्यूडर, शन पोलक, एण्ड्रू हल र मिस्बाह उल हक पनि टेस्ट क्रिकेटमा ९९ रनमा अविजित रहेका थिए। यसरी नै अष्ट्रेलियाका महान ब्याटर सर डन ब्र्याडम्यान त जनवरी १९३२-मा दक्षिण अफ्रिका विरुद्ध २९९ रनमा अविजित पभेलियन फर्किएका थिए। त्यस समय उनका साथी पुड थुरलो रन आउट भएका थिए। यसबाहेक टेस्ट क्रिकेटमा दुईजना ब्याटर १९९ रनमा अविजित रहेका थिए। जिम्बाब्वेका एण्डी फ्लावर २००१-मा दक्षिण अफ्रिका विरुद्ध हरारेमा खेलिएको टेस्ट म्याचमा १९९ रनमा अविजित रहेका थिए। यसरी नै श्रीलंकाका कुमार संगकारा पाकिस्तान विरुद्ध २०१२-मा गालेमा खेलिएको टेस्ट म्याचमा १९९ रनमा अविजित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement