२२ जुलाईः खरसाङको हिल्स फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित भेटरन्स (फोर्टी प्लस) फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच थियो। स्थानीय मण्टिभियट खेल मैदानमा खेलिएको पहिलो म्याचमा दार्जीलिङ भेटरन्स ए टीमले सोनादा आउटपोस्टलाई २-१-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा दार्जीलिङ भेटरन्स बी टीमले बुङकुलुंग भेटरन्सलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस सेभेन ए साइड भेटरन्स टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। भेटरन्स र महिला दुवै टुर्नामेण्टको फाइनल ६ अगस्तमा हुने हिल्स फूटबल एकाडमीका प्रमुख तथा राष्ट्रिय स्तरका फूटबलर नगेन तामाङले बताएका छन्। आमन्त्रणी महिला फूटबल टुर्नामेण्ट ३० जुलाईदेखि शुरु हुनेछ।