चर्चित हास्य अभिनेता राजपाल यादवमाथि ठगीको आरोप

Rajpal-Yadav

नयाँ दिल्ली: राजपाल यादव बलिउडको फिल्म उद्योगमा उत्कृष्ट अभिनेता मध्ये एक हुन्। उनले चलचित्रमा हास्य कलाकारको भूमिका निर्वाह गरेर करोडौं दर्शकहरुमा लोकप्रियता हासिल गरेर छुट्टै स्थान बनाएका छन्। यसैबीच अहिले उनी समस्यामा परेको देखिन्छ। अब इन्दौर पुलिसले राजपाल यादवलाई २० लाख रुपियाँ ठगी गरेको आरोपमा नोटिस जारी गरेको छ। उनले १५ दिनभित्र पुलिससमक्ष हाजिरी दिनुपर्नेछ।

निर्माण व्यवसायी सुरिन्दर सिंहले राजपाल यादवले उनका छोरालाई फिल्म उद्योगमा सहयोग र प्रवर्द्धन गर्न २० लाख रुपियाँ लिएको उजुरी पुलिसमा दिएका थिए। तर अहिलेसम्म राजपाल यादवले उनका छोरालाई कुनै कामको व्यवस्था वा सहयोग गरेका छैनन् भन्ने भनाइ छ। पैसा फिर्ता लिन आग्रह गर्दा उनी बेपत्ता भएको समाचारमा उल्लेख छ। अहिले उनले फोन पनि नउठाएको साथै पैसा पनि फिर्ता नगरेको भन्दै निर्माण व्यवसायीले तुकोगञ्ज पुलिसमा उजुरी दिएको समाचार छ। उजुरी दर्ता भएलगत्तै पुलिसले अनुसन्धान थालेको छ। अब राजपाल यादवलाई १५ दिनभित्र हाजिर हुन भन्दै नोटिस जारी गरिएको छ। सुरिन्दर सिंहले यस विषयमा गत हप्ता उजुरी दिएको घटनाको अनुसन्धान गरिरहेका सब इन्स्पेक्टर लालन मिश्रले बताए। सोही आधारमा उनलाई नोटिस जारी गरी १५ दिनभित्र जवाफ दिन भनिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *