२२ जुलाईः भारत ए टीमले दोस्रो सेमिफाइनलमा बंग्लादेश ए टीमलाई ५१ रनले पराजित गरी एसीसी मेन्स एमर्जिंग टीम्स एशिया कप २०२३-को फाइनलमा स्थान बनायो। फाइनलमा भारतको भिड़न्त चीरप्रतिद्वन्द्वी पाकिस्तानसँग हुनेछ। फाइनल म्याच आइतवार दिउँसो २ बजीदेखि कोलम्बोमा हुनेछ। पाकिस्तान ए टीमले श्रीलंका ए टीमलाई ६० रनले पराजित गरी फाइनलमा प्रवेश गऱ्यो। कोलम्बोको आर प्रेमादासा स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै भारत ए टीम ४९.१ ओभरमा २११ रन बनाएर अलआउट भयो। कप्तान यश ढुलले ८५ बल खेलेर सर्वाधिक ६५ रन बनाए। उनले ६ वटा चौका लगाए। यसबाहेक अभिषेक शर्माले ३४ रनको योगदान दिए। साई सुदर्शन र मानव सुथरले २१-२१ रन बनाए। बंग्लादेश ए टीमका बलरहरूमा मेहदी हसन, ताञ्जिम हसन शाकिब र राकिबुल हसनले २-२ विकेट लिए। जवाफमा बंग्लादेश ए टीम ३४.२ ओभरमा १६० रन बनाएर अलआउट भयो। तानजिद हसनले ५१ र मोहम्मद नईमले ३८ रन बनाए। यसबाहेक कप्तान सैफ हसनले २२ र महमुदुल हसन जोयले २० रनको योगदान दिए। भारत ए टीमका बलरहरूमा निशान्त सिन्धुले सर्वाधिक ५ विकेट लिए। मानव सुथरले पनि ३ विकेट हासिल गरे। यश ढुललाई प्लेयर अव् द म्याच चयन गरियो।