गान्तोक: दक्षिण सिक्किमको जोरथाङमा आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको युवा अनि नारी शक्तिको समन्वय सभा सम्पन्न भयो। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङ-गोलेको निर्देशनमा आयोजित सभाको अध्यक्षता पार्टीका राज्य स्तरीय युवा प्रमुख संयोजक सहदेव शर्माले गरेका थिए। पार्टीलाई तृणमूल स्तरबाट मजबूत बनाउनका साथै भावी रणनीतिबारे चर्चा गर्न आयोजन गरिएको सभामा विविध महत्तवपूर्ण विषयमाथि छलफल भयो। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले चार वर्षको अवधिमा गरेका विविध उल्लेखनीय कार्यहरूबारे पनि सभामा चर्चा गरियो भने वक्ताहरूले आफ्नो सम्बोधनको क्रममा विविध मन्तव्य प्रस्तुत गरे। सभामा युवा संयोजक पिञ्छो नाम्ग्याल, राज्य स्तरीय युवा महासचिव पूजन राई, पार्सदगण लगायत अन्यहरूको उपस्थिति रहेको थियो।