इन्दौर: भारतको जी-२० अध्यक्षताअन्तर्गत, श्रम र रोजगार मन्त्रीहरूको बैठक (एलईएमएम) शुक्रबार इन्दौरमा आयोजित भयो, जसको अध्यक्षता केन्द्रीय श्रम र रोजगार मन्त्री भूपेन्द्र यादवले गर्नुभएको थियो। बैठकलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सन्देशमार्फत सम्बोधन गरेका थिए। मन्त्री परिषद बैठकअघि यही १९ र २० जुलाईमा रोजगार कार्यदलको चौथो बैठक बसेको थियो, जसमा विश्वस्तरमा रोजगारीको समस्या समाधानका लागि महत्वपूर्ण छलफल भएको थियोl शुक्रबार कार्यदलको बैठकपछि अन्तिम मस्यौदा तयार पारिएको थियो भने श्रम तथा रोजगारीका विश्वव्यापी समस्याका बारेमा अन्तर्राष्ट्रिय संघसंस्थाले आ–आफ्ना धारणा राखेका थिए। मन्त्री स्तरीय घोषणा र परिणाम कागजातहरू आफ्नो भिडियो सन्देशमा पीएम मोदीले भनेका छन्, ‘चौथो औद्योगिक क्रान्तिको यो युगमा प्रविधि रोजगारीको मुख्य चालक बनेको छ र जारी रहनेछ। विगतमा यस्तो प्रविधिमा आधारित परिवर्तनका क्रममा ठूलो संख्यामा प्रविधिसँग जोडिएका रोजगारी सिर्जना गर्ने अनुभव भएको भारतजस्तो देशमा यो बैठक आयोजना हुनु सौभाग्यको कुरा होl’ जी-२० प्रतिनिधिहरूलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘विश्वभरका सबै श्रमिकहरूको हितका लागि तपाईंले आज बलियो सन्देश दिनुहुनेछ भन्नेमा विश्वस्त छु। म तपाईहरू सबैको माध्यमबाट फलदायी र सफल बैठकको कामना गर्दछुl’
अर्कोतर्फ, दुईदिने रोजगार कार्यदल बैठकको उद्घाटन सत्रमा श्रम तथा रोजगार मन्त्रालयका सचिव तथा जी-२० ईडब्ल्युजीका अध्यक्ष आरती आहुजाले प्रतिनिधिहरुलाई स्वागत गर्दै विगत तीनवटा ईडब्ल्युजी बैठकमा भएका छलफल र उपलब्धिहरुको संक्षिप्त विवरण दिएकी थिइन्। प्रतिनिधिहरुले विगतका बैठकहरुको परिणामलाई अगाडि बढाएर बैठक शुरु भएको थियो। उनीहरूले कार्य समूहअन्तर्गत परिणाम कागजातलाई अन्तिम रूप दिने बारे पनि छलफल गरे। भारतले असंगठित कामदारहरूको विश्वको सबैभन्दा ठूलो डाटाबेस ई-लेबर र राष्ट्रिय क्यारियर सेवा (एनसीएस) पोर्टलमा प्रस्तुतीकरण गर्यो। यसका साथै विदेशी पाहुनालाई ऐतिहासिक माण्डु किल्लाको भ्रमण पनि गराइएको थियो। जी-२० कार्यसमूहको प्रमुख प्राथमिकताहरूमध्येको एउटा प्रमुख प्राथमिकता भनेको सीपको खाडललाई विश्वव्यापी रूपमा कम गर्नु हो, जसले गर्दा सबैका लागि राम्रो रोजगारीका अवसरहरू उपलब्ध हुन्छन्।