ऋषिहाटमा आगलागी भएको परिवारलाई सहयोगको अपिल

IMG-20230721-WA0289.jpg

ऋषिहाट: दिनाङ्क २० जुलाई २०२३ को दिन दिउँसो ऋषिहाट खासमहल बस्ती लेप्चा गाउँ निबासी सुनिल राईको घरमा अचानक आगलागी भएको छ। सो समय घरमा कोहि नभएकोले घरमा रहेको लाएको लुगाफाटा बाहेक कुनै सरसमानहरु निकाल्न नसकेको समष्टिका एचपीडब्लुयु अध्यक्ष बिरमन लामाले जानकारी दिएका छन्। उनले थप जानकारी गराए अनुसार आज समष्टि अध्यक्ष किशोर राई साथै समष्टिका प्रतिनिधि बर्गले घटना स्थलको निरीक्षण गर्दै पीडित परिवारलाई भेटघाट गरि आफ्नो क्षमता अनुसार आर्थिक सहयोग प्रदान गरेका छन्। बिरमन लामाले पीडित परिवारलाई सबैले सहयोग गरिदिने अपिल समेत गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement