नयाँ दिल्ली। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिंघेसित द्विपक्षीय वार्ता गरे। यस अवधि प्रधानमन्त्री मोदीले भारतको सुरक्षा चिन्ताहरू बारे श्रीलङ्काका राष्ट्रपतिलाई अवगत गराउँदै श्रीलंङ्काकका तमिलहरूप्रति देशको प्रतिबद्धता पूरा गर्ने आग्रह गरे।
श्रीलङ्काका राष्ट्रपति विक्रमसिंघे गए बिहीवार भारतको दुई दिवसीय आधिकारिक यात्रामा नयाँ दिल्ली आइपुगेका छन्। शुक्रवार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई हैदराबाद हाउसमा स्वागत जनाए। यस अवसरमा दुवै नेताहरूले दुईपक्षीय एवं प्रतिनिधि मण्डलस्तरको वार्ता गरे। यस अवधि दुवै नेताहरूको उपस्थितिमा कतिपय समझौताहरूमा हस्ताक्षर पनि गरियो। भारत, श्रीलङ्काले नवीकरणीय ऊर्जा, त्रिङ्कोमाली जिल्लामा परियोजनाहरूको आर्थिक विकास एवं यूपीआई उपयोगमाथि समझौता ज्ञापन आदान-प्रदान गरे।
द्विपक्षीय वार्ता पश्चात दुई नेताहरूले संयुक्त बयान दिए। यस अवधि प्रधानमन्त्रीले श्रीलङ्काका तमिलहरूको मुद्दा उठाउँदै आशा व्यक्त गरे, श्रीलङ्का सरकारले तमिलहरूका आकाङ्क्षाहरूलाई पूरा गर्नेछ। समानता, न्याय औ शान्तिको लागि पुनर्निर्माणको प्रक्रियालाई अघि बढ़ाउनेछ। प्रधानमन्त्रीले मछुआराहरूको मुद्दालाई मानवीय दृष्टीले हेर्ने आह्वान समेत गरे।
प्रधानमन्त्रीले भने, भारत र श्रीलङ्काको सुरक्षा एवं विकास हित आपस्तमा जोड़िएको छ। यी मुद्दाहरूमा भारतको सम्वेदनशीलतालाई श्रीलङ्का सरकारले ध्यानमा राख्नुपर्छ। भारतको ‘छिमेकी प्रथम’- को नीति र ‘सागर’ भिजन दुवैमा श्रीलङ्काको महत्वपूर्ण स्थान छ। यस सम्बन्धमा आज हामीले द्विपक्षीय, क्षेत्रीय औ अन्तरराष्ट्रिय मुद्दाहरूमाथि विचार साझा गऱ्यौं। प्रधानमन्त्रीले पुनः दोहोऱ्याए, एक निकटतम मित्र भएको नाताले भारत सदैव संकटकालमा श्रीलङ्काका मानिसहरूको काँधमा काँध मिलाएर उभिएको छ।
प्रधानमन्त्रीले बताए, दुवै देशले आज एउटा भिजन डक्युमेन्ट अप्नाएका छन्। यो भिजनले दुई देशबीचको समुद्री, वायु, ऊर्जा एवं सम्पर्कको क्षेत्रमा सहयोगलाई सुदृढ़ बनाउने छ। यो भिजन पर्यटन, बिजुली, वाणिज्य, उच्च शिक्षा औ कौशल विकासमा आपसी सहयोगलाई गति दिनेसित जोड़िएको छ। यस विषयमा भारतको श्रीलङ्काप्रति दीर्घकालिक प्रतिबद्धता पनि सामेल छ। व्यापार एवं मानिसहरूको यात्रालाई बढ़ाउनकोलागि हामीले तमिलनाडुको नागपट्टिनम र श्रीलङ्काको काँकेसतुरईमाझ यात्री नौका शुरू गर्ने निर्णय लिएका छौं। भारतले श्रीलङ्कासित बिजुली ग्रिडको कामलाई गति प्रदान गर्नेछ। दुवै देशले श्रीलङ्कासित भूमि पुल, तेल पाइपलाइनको व्यवहार्यतामाथि पनि काम गर्नेछ।










