अगरतला। केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले शुक्रवार त्रिपुराको राजधानी अगरतलामा नवनिर्मित जीएसटी भवनको उद्घाटन गरिन्। यस भवनको माध्यमद्वारा जीएसटी कर दाताहरूलाई अत्याधुनिक तरिकाले सेवा प्रदान गरिने छ।
यस अवसरमा केन्द्रिय मन्त्री सीतारमणले भनिन्, अगरतला जीएसटी भवनको निर्माणले यहॉंका मानिसहरूलाई सही तरिकाले सुविधाहरू प्राप्त हुनेछ। यस अघि अगरतलास्थित महाराजा वीर विक्रम हवाई अड्डामा केन्द्रिय वित्त मन्त्रीको स्वागत त्रिपुराका मुख्यमन्त्री डा. मानिक साहाले आफ्ना वरिष्ठ पदाधिकारीहरूका साथ गरे।
उद्घाटन समारोमा केन्द्रिय राजस्व सचिव संजय मल्होत्रा, सीबीआईका अध्यक्ष विवेक जौहरी, बोर्डका सदस्य र राज्य सरकार तथा सीबीआईसीका वरिष्ठ अधिकारी उपस्थित थिए।
उल्लेखनीय छ, यस भवनलाई वर्ष २०१९ मा केन्द्रिय वित्त मन्त्रीले स्वीकृति दिएकी थिइन्, जसलाई वर्ष २०२२ मा केन्द्रिय लोक निर्माण विभागलाई सुम्पिएको थियो। अगरतलाको मंत्रीबारी रोडमा ३००० वर्ग मीटर भूमिमा बनिएको उत्कृष्ट जीएसटी भवनको निर्माणमा २८ करोड रूपियॉं खर्च गरिएको छ।