विम्बल्डनः सानिया-पाविचको जोड़ी दोस्रो राउण्डमा

IMG-20220702-WA0101.jpg

२ जुलाईः भारतीय महिला टेनिस स्टार सानिया मिर्जा र क्रोएशियाका मेट पाविचको जोड़ीले सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डन टेनिस च्याम्पियनशीपमा मिश्रित युगलको दोस्रो राउण्डमा प्रवेश गरे। आफ्नो अन्तिम विम्बल्डन खेलिरहेकी सानियाले पाविचसँग जोड़ी बनाएर डेविड वेगा हर्नाण्डिज र नटेला डी-की जोड़ीलाई ६-४, ३-६, ७-६-ले पराजित गरिन्। म्याच चरम रोमाञ्चक रह्यो, जसमा निर्णायक सेटको फसेला टाईब्रेकरद्वारा भयो। सानिया महिला युगलमा चेक गणराज्यकी लूसी राडेकासँग पहिलो राउण्डमै हारेकी थिइन्। ३५ वर्षीय सानियाले यस सत्रपछि पेशादार टेनिसबाट बिदा लिने अगावै घोषणा गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement