नेपाल: जग्गा काण्डमा पक्रा परेका सञ्चार सचिवलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

00-1-np_53

काठमाडौं: नेपालमा पूर्वप्रधानमन्त्रीसहित उच्च तहका अधिकारीहरु मुछिएको जग्गा काण्डमा पक्रा परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। शुक्रबार अदालतले उनलाई थुनामै राखी अनुसन्धान गर्नुपर्ने सम्मको कारण नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। सचिव राउत काठमाडौंको प्रधानमन्त्री निवास बालुटार नजिकैको जग्गा प्रकरणमा मुछिएका थिए। सार्वजनिक जग्गालाई व्यक्तिको बनाउने यो जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको समेत नाम जोडिएको छ। पूर्वमन्त्री, पूर्व सचिव, नाम चलेका व्यवसायीलगायत चार सयभन्दा बढी अनुसन्धानमा परेका छन्। कतिपय पक्राउ गरिएका छन्। जग्गा काण्डमा संलग्नता रहेको भन्दै नेपाल प्रहरीको सीआईबीले सचिव राउतलाई जुलाई ९ मा पक्राउ गरेको थियो। सचिव राउतमाथि अधिकृत हुँदा बालुवाटार जग्गा काण्डमा संलग्न रहेको आरोप छ। नेपालमा प्रचण्ड नेतृत्वको सरकारले ठूला भ्रष्टाचार र अनियमितताको फाइल धमाधम खोलिरहेको छ। यस क्रममा उच्च पदमा पुगेकाहरु अनुसन्धानको दायरामा ल्याइएका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement