दार्जिलिङ: भारतीय जनता पार्टीले आज राज्यभरि नै पञ्चायत चुनावको परिणाम विषयमा असन्तुष्टी जाहेर गर्दै खण्ड विकास कार्यालयतिर विरोध प्रदर्शन र ज्ञापन दिने कार्य गरेका छन्। यसै क्रममा यता पहाड़को विभिन्न खण्ड विकास कार्यालयतिर पनि ज्ञापन दिने कार्य गरिएको जानकारी प्राप्त भएको छ। यस क्रममा दार्जिलिङ जिल्लाको सुखे पोखरी खण्ड विकास कार्यालयमा भारतीय जनता पार्टीले पञ्चायत चुनावको परिणामलाई लिएर असन्तुष्टी प्रकट गर्दै विभिन्न प्लकार्डहरू लिएर विरोध प्रदर्शन गरेका छन्। यसको साथै पञ्चायत चुनावको परिणाममा असन्तुष्टी जाहेर गर्दै सुखे पोखरी खण्ड विकास कार्यालयमा पुगेर खण्ड विकास अधिकारीलाई ज्ञापन दिने कार्य गरेका छन्। सुखे पोखरी खण्ड विकास कार्यालयमा भारतीय जनता पार्टीले विरोध प्रदर्शन गर्ने विषयलाई लिएर कड़ा सुरक्षा व्यवस्था गरिएको थियो। यस अवसरमा भारतीय जनता पार्टीले विभिन्न प्लकार्डहरू लिएर राज्य सरकारको विरोध गरेका थिए। भाजपाले ययपालीको पञ्चायत चुनावक परिणाम विषयमा असन्तुष्टी जाहेर गर्दै यस परिणाममा धाँधली भएको आरोप लगाएका छन्। यस्तै कुराहरूलाई लिएर भारतीय जनता पार्टीले खण्ड विकास कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्य गरेका छन्। सुखे पोखरी खण्ड विकास कार्यालयमा पुगेर ज्ञापन दिने कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय जनता पार्टीको तर्फबाट सञ्जीव लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।