क्रिश्चियन बरियल ग्राउण्डको साफ-सफाई र विरुवा रोपण

aa_308

गान्तोकः राजधानीको सन्त थोमस क्याथोलिक चर्चले आज क्रिश्चियन बरियल ग्राउण्ड परिसर साफ-सफाई गर्नुका साथै विभिन्न प्रजातिका विरुवाहरू लगाएको छ। बाबु संघ र रेभ. फादर जेराड लेप्चाको अगुवाईमा पालन गरिएको पर्यावरण पर्वमा चर्चका सदस्यहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए।

यस अवसरमा बरियल ग्राउण्डका अध्यक्ष रेभ. पास्टर जोसेफ तामाङ विशिष्ट अतिथि थिए। सुसमाचार भजन र प्रार्थनापछि रेभ. फादर जेराड र रेभ. पास्टर जोसेफले विरुवा रोपणको थालनी गरे, जसपछि अन्यहरूले पनि विरुवा लगाएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement