एसपीएलः आक्रमण एससीद्वारा युनिकर्न एफसी पराजित

spl._596

गान्तोकः आक्रमण एससीले आफ्नो अभियान जीतको साथमा अन्त्य गरेको छ। आफ्नो अन्तिम म्याचमा आक्रमण एससीले युनिकर्न एससीलाई २-० गोलले पराजित गऱ्यो। यसका साथै आक्रमण एससीले १३ अङ्क हासिल गरेको छ। आज विजयी दलका खेलाड़ी बक्सर प्रधानलाई म्यान अफ् द म्याच चयन गरियो।

यहॉंको पाल्जोर स्टेडिममा जारी प्रोबो सिक्किम प्रीमियर लिग (एसपीएल) डिभिजनको २५औं दिनको खेलमा आज विधायक जीटी ढुङ्गेल मुख्य अतिथि थिए। यस लिगको आयोजना सिक्किम फुटबल एसोसिएशनले गरिरहेको छ।

-हिस

About Author

Advertisement