अखिल किराँत राई संघ मल्ली खण्डद्वारा विरुवारोपण कार्य सम्पन्न

IMG-20230721-WA0341.jpg

नाम्ची: अखिल किराँत राई संघ, सिक्किम मल्ली खण्डको आयोजनमा आज एकदिने विरुवारोपण कार्यक्रम सम्पन्न भयो। नाम्ची जिल्ला पञ्चायत अध्यक्ष सुश्री अञ्जिता राजालिमको अगुवाईमा मल्ली खण्डको अप्पर शुक्रबारे, गुप्ति, मुङराङ हुँदै तामलेचौरसम्म गुराँस, चाँप लगायत विभिन्न स्थानीय प्रजाति विरुवा रोपियो। आजको कार्यक्रममा मल्ली खण्डका अखिल किराँत राई संघ, सिक्किमका धेरै पदाधिकारी, कार्यकर्ताहरूको सहभागिता रहेको थियो। आज रोपिएका विरुवाहरूलाई स्याहार सुसार गरेर ठूलो बनाउने सुश्री राजालिमले कटिबद्धता व्यक्त गरेकी छन्। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नीतिकै फलस्वरूप मानव जाति अनि प्रकृतिमाझ प्रगाढ़ सम्बन्ध र प्रकृतिको संरक्षणहेतु शुरु गरिएको मेरो रूख मेरो सन्तति अभियानलाई टेवा पुऱ्याउने लक्ष्य राखेर संगठनको तर्फबाट यो विरुवारोपण कार्यक्रम आयोजन गरिएको उनले जानकारी गराएकी छन्। हामी आजलाई मात्र होइन भोलिलाई सम्झेर बाँच्नुपर्ने अनि यसै अनुरुप कार्य गर्नुपर्ने उल्लेख गर्दै हाम्रो भविष्य सुरक्षित गर्न सबैले पहल गर्नुपर्ने आह्वान गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement